गोठगाउँ । विश्व बैंकको सहयोगमा मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ७ र ८ गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय सडकखण्ड निर्माण कार्य जारीे छ । यही असोज १३ गते आइतबार निर्माणस्थलमा सुन्दरहरैँचा नगरपालिका मातहतको अनुगमन टोलीले अनुगमन तथा सुपरीवेक्षण गरेको छ । अनुगमन तथा सुपरीवेक्षण गर्ने क्रममा ठेकेदारद्वारा न्यून गुणस्तरको निर्माण कार्य भएको फेला परेपछि नगरपालिकाले निर्माणीधन संरचना भत्काइदिएकोे छ ।
केही महिनाअघि उक्त नमुना मार्गको निर्माण कार्य सुरु भएको थियो । देशकै दोश्रो ठूलो केन्द्रीय विश्वविद्यालय पूर्वान्चल विश्वविद्यालय र पूर्वपश्चिम राजमार्ग जोड्ने पूर्वाञ्चल विश्वविद्यालय सडकखण्ड नमुना सडक हुनेछ । यस अवस्थामा सुन्दरहरैचा नगरपालिका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्राप्त योे ठूलो परियोजना भएको हुनाले समयमै सडक निर्माण भै गुणस्तरीय कार्य होस् भन्ने स्थानीयबासी तथा सरोकारवालाको विशेष चाहना छ ।
नेपालमा विकास निर्माणका योजनाहरु समयमा सम्पन्न नहुनाले जनताले सास्ती भोग्नु परेको अवस्था छ । त्यसैले नगरकै प्रमुख योजना भएकोले निर्माणाधीन योजना सम्पन्न गर्न आ–आफ्नो तर्फबाट भरपूर सहयोग गर्न तयार रहेको तर कामको गुणस्तरमा भने सम्झौता गर्न नसक्ने स्थानीयबासीले प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया