काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयरबजार परिसूचक नेप्से २२.३६ अंकले घटेकाे छ । आज नेप्से २२.३६ अंकले घटेर दुई हजार ४६४.४० बिन्दुमा रोकिएको हो ।
आज ३२७ कम्पनीको एक करोड तीन लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटक खरिद-बिक्री हुँदा ४अर्ब ५ करोड ६ लाख ५८ हजारमा काराेबार भएकाे छ ।
आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक १.०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी व्यापार समूह २.९७ र जलविद्युत् समूह २.३६ प्रतिशले घटेको छ ।
बैंकिङ ०.७४, विकास बैंक ०.८९, वित्त १।९१, होटल तथा पर्यटन १.४७ र लगानी समूह १.४० प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बिमा समूह ०.३१, म्युचुअल फण्ड १.२१, निर्जीवन बिमा ०.१५ र अन्य समूह १.०२ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा ४६ कम्पनीको शेयर मूल्य बढ्दा १९३ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ६.६६ प्रतिशतले बढेको छ । सबैभन्दा बढी घट्नेमा अपर साङगी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशत रहेको छ ।
आज सबैभन्दा बढी एनएलजी इन्स्योरेन्स कम्पनीको१५ करोड ९२ लाख ३० हजार ८२० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको चार लाख ८७ हजार ४४१ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया