काठमाडौं । दशैंका लागि साना दरका नयाँ नोट आजदेखि साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म यस्तो नोटको सटही व्यवस्था मिलाएको हो ।
सर्वसाधारणले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सक्नेछन् ।
विगतका वर्षमा जस्तो राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नै भने नसाट्न भएको छ । त्यसैले यस वर्ष नयाँ नोट मात्रै दशैंका लागि साट्ने व्यवस्था गरिएको हो ।
प्रतिक्रिया