logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

बाढी-पहिरोमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

  • khojnepal khojnepal
  • १२ आश्विन २०८१ शनिबार
बाढी-पहिरोमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले लगातारको वर्षापछि बाढी-पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ ।

 

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढी-पहिरोमा ज्यान गुमाएका नागरिकलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

 

बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रकोपमा ज्यान गुमाएका सबै नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ज्यान गुमाएका नागरिकका आफन्तलाई दिनुपर्ने क्षतिपूर्तिको प्रबन्ध गर्ने निर्णय गरेको बताए ।

 

सरकारका प्रवक्ता गुरुङले घाइतेको नि:शुल्क उपचार गर्ने र अवरुद्ध सडक अविलम्ब खोल्नका लागि यातायात मन्त्रालयले पहल गर्ने निर्णय भएको पनि बताए । उनले लगातारको वर्षाका कारण सिर्जना भएको समस्याका कारण विभिन्न संकायका परीक्षा स्थगित निर्णय गरेको जानकारी दिए ।



khojnepal khojnepal    
  • १२ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP