काठमाडौं । लागुऔषध मुद्दामा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार धरौटीमा रिहा भएका छन् ।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट सांसद बनेका उनलाई लागुऔषध बिक्री वितरण गरेको आरोपमा कास्की प्रहरीले भदौ २७ गते पक्राउ गरेको थियो ।
अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार, उनी धरौटी बुझाएर रिहा भइसकेका छन् ।
प्रतिक्रिया