logo
  • ४ माघ २०८१, शुक्रबार | Fri, 17 Jan 2025

‘कांग्रेस र एमाले मिल्दै छैनन्, केही समयभित्रै कुहिएर झर्छ’

  • khojnepal khojnepal
  • १० आश्विन २०८१ बिहीबार
‘कांग्रेस र एमाले मिल्दै छैनन्, केही समयभित्रै कुहिएर झर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सम्बन्ध बिग्रँदै गएको बताएका छन् ।

 

बिहीबारबाट सुरु भएको अखिल क्रान्तिकारीको २३औँ सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कांग्रेस र एमाले मिल्दै छैनन्, केही समयभित्रै कुहिएर झर्ने दाबी गरेकाे हुन् ।

 

अध्यक्ष दाहालले भने, “कांग्रेस र एमाले मिल्दै छैनन् । मलाई लाग्छ, केही समयभित्र कुहिएर झर्छ । त्यो बेला के गर्ने भन्नेबारे हामीले सोच्नुपर्छ ।”

 

अध्यक्ष दाहालले ०६४ को झल्को देखिँदै गरेको बताए । “अस्ति पूर्व गएँ, कांग्रेस-एमाले त्यागेर सयौं नेता साथी पार्टी प्रवेश गर्छन्, राति-रातिसम्म पनि जयजयकार गर्दैछन् । भनेपछि ०६४ को झल्को देखिँदैछ,” उनले भने ।

 

२०६४ सालको पहिलो संविधान सभामा माओवादी सबैभन्दा ठूलो दल बनेको थियो ।



khojnepal khojnepal    
  • १० आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP