logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारी दर्ता

  • khojnepal khojnepal
  • १० आश्विन २०८१ बिहीबार
स्थानीय तह उपनिर्वाचन : मंसिर २ गते उम्मेदवारी दर्ता

काठमाडौं ।  निर्वाचन आयोगले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेको छ । सोही दिन बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

 

त्यसको भोलिपल्ट मंसिर ३ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ। त्यसपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ तथा निर्णय गरिनेछ ।

 

यसैगरी ५ मंसिरको दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । अन्तिम नामावली प्रकाशन गरिने र दिउँसो ३ बजेदेखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता सापकोटाले बताए ।

 

निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।



khojnepal khojnepal    
  • १० आश्विन २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP