logo
  • ८ माघ २०८१, मंगलवार | Tue, 21 Jan 2025

ऐतिहासिक पदक जितेकी एरिकालाई विमानस्थलमा स्वागत

  • khojnepal khojnepal
  • ८ आश्विन २०८१ मंगलवार
ऐतिहासिक पदक जितेकी एरिकालाई विमानस्थलमा स्वागत

काठमाडौं ।  चीनको हाङ्जाउमा आयोजित २०औँ सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छिन् । मंगलबार स्वदेश फर्किएकी उनलाई राखेपका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

 

६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६-० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् । उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।

 

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन । एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन् ।



khojnepal khojnepal    
  • ८ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP