logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

आईसीसी विश्वकप लिग २ : नेपाल र ओमानबीच प्रतिस्पर्धा

  • khojnepal khojnepal
  • ८ आश्विन २०८१ मंगलवार
आईसीसी विश्वकप लिग २ : नेपाल र ओमानबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । खेल नेपाली समयअनुसार किंग्स सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ ।

क्यानडा भ्रमणमा ३ खेल गुमाइसकेको नेपाललाई क्लिन स्विप हारबाट जोगिन आज जित्नै पर्ने दबाब छ । नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ ।

पहिलो खेलमा क्यानडासँग ब्याटिङ र बलिङमा पूरै खराब प्रदर्शन गर्दै नेपाल १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दास्रो खेलमा ओमानविरुद्ध १ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा घरेलु टोलीविरुद्ध ५ विकेटको हार बेहोरेको थियो ।

क्यानडासँग टस जिजेर पहिला ब्याटिङ गर्ने निर्णय नेपालका लागि गलत सावित भएको थियो । घरेलु सिरिजमा गरेको खराब प्रदर्शन र क्यानडा भ्रमणमा पनि सोही गल्ती दोहोर्‍याएपछि लिग २ मा नेपालका लागि चुनौती थपिएको छ ।



khojnepal khojnepal    
  • ८ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP