logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

एन्फा महिला लिग फुटबलमा एपिएफको जित

  • khojnepal khojnepal
  • ४ आश्विन २०८१ शुक्रबार
एन्फा महिला लिग फुटबलमा एपिएफको जित

काठमाडौँ । एन्फा महिला लिगमा एपिएफ विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा रस्मिकुमार घिसिङको ह्याट्रिकसहित एपिएफले कोशी प्रदेशमाथि ८–० को जित निकाल्यो ।

प्रतियोगितामा यो एपिएफको छैटौँ जित हो । पहिलो खेलमा भने एपिएफले विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

जारी प्रतियोगितामा सात खेलपछि एपिएफले १९ अङ्क जोडेको छ । प्रतियोगितामा तेस्रो हार बेहोरेको कोशी प्रदेश १० अङ्कसहित अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।

एपिएफको जितमा रस्मिकुमारी घिसिङले पाँच गोल गरिन् भने अनिता बस्नेतले दुई तथा अनिता केसीले एक गोल थपिन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा जारी लिगमा विभिन्न १० टोलीको सहभागिता रहेको छ ।



khojnepal khojnepal    
  • ४ आश्विन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP