logo
  • १० माघ २०८१, बिहीबार | Thu, 23 Jan 2025

थाइल्याण्डमा एसियामै सबैभन्दा पहिलो पटक मंकिपक्स रोग देखियो

  • khojnepal khojnepal
  • ११ भाद्र २०८१ मंगलवार
थाइल्याण्डमा एसियामै सबैभन्दा पहिलो पटक मंकिपक्स रोग देखियो

काठमाडौं । आसियान देश थाइल्याण्डमा एसियामै सबैभन्दा पहिलो पटक मंकिपक्स रोग देखिएको छ । बीबीसीका अनुसार एसियामा पहिलो पटक र अफ्रिकापछि स्विडेनमा यो रोग देखा परेको विश्वमा त्यसपछि मंकिपक्स एसियामा आएको औपचारिक रूपमा पुष्टि भएको छ ।

गत अगस्ट १४ मा थाइल्याण्डमा यो रोग आएको बताइएको छ । गत वर्षबाट प्रजातान्त्रिक गणतन्त्र कंगोबाट सुरु भएको मंकिपक्सबाट ४५० को ज्यान गएको औपचारिक पुष्टि भएको छ । यो रोगबारेमा विश्व स्वास्थ्य संगठनले पनि सचेतना गराएको छ ।

बरुण्डी, केन्या, रुवाण्डा, युगाण्डा लगायतका देशहरूमा यो रोग फैलिसकेको बताइएको छ । विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपत्कालको रूपमा यो रोगलाई व्याख्या गरेको छ ।



khojnepal khojnepal    
  • ११ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP