logo
  • २१ कार्तिक २०८१, बुधबार | Wed, 06 Nov 2024

विराटनगरमा ऐतिहासिक रथयात्रा सम्पन्न, भारतसहित विभिन्न ठाउँबाट हजारौंको सहभागिता

  • khojnepal khojnepal
  • ११ भाद्र २०८१ मंगलवार
विराटनगरमा ऐतिहासिक रथयात्रा सम्पन्न, भारतसहित विभिन्न ठाउँबाट हजारौंको सहभागिता

विराटनगर । विराटनगरमा ऐतिहासिक रथयात्रा निकालिएको छ । मंगलबार चार बजे राधाकृष्णको रथयात्रा निकालिएको हो ।श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा विराटनगरसहित आसपासको शहर साथै भारतको बिहार राज्यबाट समेत हजारौँ सहभागी हुने गरेका छन् । १९८८ सालमा खटयात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।

राधाकृष्णको युगल जोडीसहितको ९३ औँ संस्करणको रथयात्रा विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्किएर बजार परिक्रमा गर्दै पुनः मन्दिरमा नै पुगेर समापन भएको छ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैनी, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन भएको हो ।

विगतभन्दा फरक र अझ भव्य रूपमा रथयात्रा निकालिएको आयोजकले जनाएको छ । भक्तजनहरूलाई पूजाआजा गर्न सहज हुने गरी ४३ स्थानमा राधाकृष्णको रथलाई विश्राम गराउने निश्चित गरिएको छ । रथयात्रामा विराटनगर आसपास मोरङका विभिन्न स्थानका र भारतको विहारबाट पनि भक्तजन आउने गरेका छन् ।

यात्रामा चलाइने पेगोडा शैलीको रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथको अग्र भागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाइका लठ्ठा डोरी रहेका थिए । ती डोरी तान्न भक्तजनहरूको तँछाडमछाड हुने गरेको छ । ५ लाख तिर्थालु रथ तान्न आएको अनुमान रहेको राधाकृष्ण रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीको बताए ।

 



khojnepal khojnepal    
  • ११ भाद्र २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP