logo
  • ४ जेष्ठ २०८२, शनिबार | Sat, 17 May 2025

सबैको चासोमा युवापुस्ताको कथा समेटिएको फिल्म ‘रावायण’

  • khojnepal khojnepal
  • १० भाद्र २०८१ सोमबार
सबैको चासोमा युवापुस्ताको कथा समेटिएको  फिल्म ‘रावायण’

काठमाडौँ । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’ यतिबेला प्रचार प्रसारमा छ । फिल्मले सुरुवाती चरणमा विशेषतः कलेजका युवा दर्शकमाझ आफ्नो प्रचारलाई तीव्रता दिएको हो । फिल्मका निर्देशक र कलाकारको टिम यतिबेला प्रमोसनमा व्यस्त छन् ।

यही क्रममा आइतबार फिल्मको टिमले टेक्सास कलेजका विद्यार्थीमाझ प्रचार गरेको छ । फिल्मका निर्देशक सुदर्शन थापा, निर्मात्री तथा नायिका पूजा शर्मा र कलाकारद्वय प्रमोद अग्रहरी र प्रकाश शाह लगायत कलेज प्रचारमा सहभागी थिए ।

निर्देशक सुदर्शन थापाले ‘रावायण’ को कथावस्तु अहिलेको युवापुस्ताका लागि फरक लाग्ने बताए । उनले ‘रामायण’ को सुरुवात रामले गरे जस्तै ‘रावायण’को सुरुवात रावणले गर्ने जनाए ।

निर्मात्री तथा नायिका पूजा शर्माले दर्शकले आफ्ना अघिल्ला फिल्मलाई साथ दिएजस्तै ‘रावायण’ लाई पनि साथ दिनेमा आफू ढुक्क रहेको बताइन् । कार्यक्रममा प्रमोद र प्रकाशले फिल्ममा आफूले बोलेको संवाद सुनाएका थिए । उनीहरुले संवाद सुनाइरहँदा दर्शक दीर्घाबाट हुटिङ र तालीको बर्सात भएको थियो ।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।

फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन छ । फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।



khojnepal khojnepal    
  • १० भाद्र २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP