logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

भलिबलको मुख्य प्रशिक्षकमा भट्ट र तेक्वान्दोमा योन्जन नियुक्त

  • khojnepal khojnepal
  • ९ भाद्र २०८१ आईतवार
भलिबलको मुख्य प्रशिक्षकमा भट्ट र तेक्वान्दोमा योन्जन नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले भलिबलको मुख्य प्रशिक्षकमा जगदीश भट्ट र तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई नियुक्त गर्नुभएको हो ।

२०५४ सालमा सहायक प्रशिक्षकका रूपमा सेवामा प्रवेश गरेका भट्टले १८ वर्षदेखि राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । प्रज्वलमान सिंहले उमेर हदका कारण अवकाश पाएपछि भट्टलाई जिम्मेवारी दिइएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले जानकारी दिनुभयो ।

यस्तै २०५२ सालमा सहायक प्रशिक्षकका रूपमा सेवामा प्रवेश गरेका योन्जन अहिले सिरहा जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रूपमा कार्यरत हुनुहुन्छ । यसअघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।



khojnepal khojnepal    
  • ९ भाद्र २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP