logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

मठमन्दिरमा देवीदेवताको मूर्ति र घण्टी चोर्नेको बिगबिगी

  • khojnepal khojnepal
  • ४ मंसिर २०८१ मंगलवार
मठमन्दिरमा देवीदेवताको मूर्ति र घण्टी चोर्नेको बिगबिगी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचाका मठमन्दिरमा यतिबेला मूर्ति र घण्टी चोरको बिगबिगी बढेको छ । केहि दिनअघि मात्रै सुन्दरहरैचा –८ सलकपुरस्थित नागदेवी मन्दिरमा बसाहाको मूति चोरी भएको थियो । तर बसाहाको मूर्ति चोर्ने स्थानीयबासीबाट उम्कन सकेनन् । चोरलाई पक्राउ गरि स्थानीयबासीले प्रहरीलाई बुझाइ दिएका थिए ।

बसाहा चोर पक्राउ परेपछि अन्य चोरहरु हतोत्साहित हुनुपर्ने हो । चोरीको काम गर्नु हुँदैन भन्ने चेत खुल्नुपर्ने हो । यो खबर सुनेपछि अन्य चोरहरुले भगवानले पनि सराप्नेछन्, कुटाई पनि खाइनेछ र प्रहरीको फन्दामा पनि परिनेछ भन्ने ख्यालै गरेनन् ।

बसाहा चोरी भएको केही दिन मै सुन्दरहरैंचा वडा नं.११ राजा टोलस्थित पाथिभरादेवी मन्दिरमा चोरी भयो । त्यस मन्दिरबाट विष्णु र शिवको प्रतिमा (मूर्ति) घण्टी,पैसालगायत विभिन्न सामान चोरी भएको मन्दिर समितिले यस सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।

पाथिभरा माता मन्दिरमा रहेको गणेश तथा विष्णु भगवानको मूर्ति र दर्जनौँ घण्टी चोरी भएको मन्दिर समितिको दाबी छ । अन्य मूर्ति र घण्टी चोरी भएपनि पाथीभरा देवीको मूर्ति भने उक्त मन्दिरबाट चोरी हुन सकेन । वाास्तवमा पाथीभरा शक्तिकी देवी भएकाले चोरहरुले प्रतिमा लैजान नसकेको केही स्थानीयबासीको विश्वास छ । यसअघि पनि सुन्दरहरैंचाका विभिन्न मठ-मन्दिरमा घण्टी र मूति चोरी हुने गरेको थियो । धार्मिक मठमन्दिरमा मूर्ति र घण्टी चोरी हुनु धर्म-संस्कृतिमाथिकै प्रहार भएको वडाध्यक्ष विशनलाल चौधरीले यस सञ्चारमाध्यमलाई प्रतिक्रिया दिनुभएको छ ।

वास्तवमा मन्दिर देवीदेवताको घर हो । यस पवित्र मन्दिरमा वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरेर राखिएका मूर्ति चोर्ने आँट कसैले नगरौं । मूर्ति चोर्नु कुनै पनि धर्मसंस्कृति तथा परम्परामाथिको गम्भीर प्रहार हो । मोरङको सुन्दरहरैंंचालगायत विभिन्न ठाउँमा मूर्ति चोरी हुने क्रम बढेको छ । यस अवस्थामा स्थानीयबासी, नगरपालिका तथा प्रहरी प्रशासन उचित चनाखो हुनु पर्ने देखिएको छ । बेलैमा ध्यान पुगोस् ।



khojnepal khojnepal    
  • ४ मंसिर २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP