logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

नि:शुल्क आँखा शिविरमा पाँच सय जनाले पाए सेवा

  • khojnepal khojnepal
  • २ मंसिर २०८१ आईतवार
नि:शुल्क आँखा शिविरमा पाँच सय जनाले पाए सेवा

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सयले सेवा लिएका छन् ।

 

प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा ४८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतियाबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेका अन्नपूर्ण–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताए ।

 

चौतीस जना मोतियाबिन्दुका बिरामीको शल्यक्रिया र दुईको आँखामा पलाएको मासु निकालिएको उनले बताए । दाना, नारच्याङ, भुरुङ-तातोपानी, शिख, घार, दोवा र मुस्ताङको थासाङ गाउँपालिकाका बासिन्दाले पनि शिविरबाट सेवा लिएका छन् ।

 

शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी डा सुमिन्द्रा पुनसहितको टोलीले सेवा प्रवाह गरेको थियो ।



khojnepal khojnepal    
  • २ मंसिर २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP