logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

१४ अंकले बढ्यो नेप्से, १० अर्ब ३२ करोडको कारोबार

  • khojnepal khojnepal
  • २९ कार्तिक २०८१ बिहीबार
१४ अंकले बढ्यो नेप्से, १० अर्ब ३२ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ । यो अंकको वृद्धिसँगै नेप्से २७४८.७९ अंकमा कायम भएको छ ।

 

आज २ करोड १६ लाख ६० हजार कित्ता शेयर खरिद-बिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।

 

आज १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ । बिहीबार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, माथिल्लो हेवाखोला जलविद्युत् लगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

 

बिहीबार जलविद्युत् उपसमूहको सूचक १.३४ र विकास बैंक उपसमूहको सूचक १.२१ प्रतिशतले बढेको छ । अन्य उपसमूहको वृद्धि भने १ प्रतिशत पनि पुग्न सकेन ।



khojnepal khojnepal    
  • २९ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP