logo
  • ८ माघ २०८१, मंगलवार | Tue, 21 Jan 2025

आर्थिक ऐनले दिएका छुट र ‘स्किम’ बाट १४ अर्ब बढी राजस्व संकलन

  • khojnepal khojnepal
  • २९ कार्तिक २०८१ बिहीबार
आर्थिक ऐनले दिएका छुट र ‘स्किम’ बाट १४ अर्ब बढी राजस्व संकलन

काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा आर्थिक ऐनले दिएका छुट र ‘स्किम’ बाट १४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

 

अर्थ मन्त्रालयका अनुसार आर्थिक ऐन २०८० को छुट तथा स्किमबाट १४ अर्ब १६ करोड बराबर राजस्व संकलन गरिएको छ । गत आव सरकारले कुल ९ खर्ब ४४ अर्ब ५५ करोड कर राजस्व र १ खर्ब १४ अर्ब ३४ करोड १७ लाख गैरकर राजस्व उठाएको थियो ।

 

उक्त आवमा सरकारको राजस्व संकलन लक्ष्य भने १४ खर्ब २२ अर्ब ५४ करोड रहेकोमा लक्ष्यको ७६ प्रतिशत मात्र उठेको हो । सरकारले लामो समयदेखि उठ्न नसकेको राजस्व उठाउन विभिन्न स्किम घोषणा गर्ने गर्छ ।

 

गत आवमा सरकारले १ हजार ९८६ करदाताका विभिन्न आय वर्ष अनुसन्धान गरी ११ अर्ब ४ करोड थप निर्धारण गरिएको समेत अर्थ मन्त्रालयले जनाएको छ ।



khojnepal khojnepal    
  • २९ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP