logo
  • ८ माघ २०८१, मंगलवार | Tue, 21 Jan 2025

नीजि क्षेत्रलाई मन्त्री सिंहको आग्रह- उत्पादनको क्षेत्रमा जोड दिनू

  • khojnepal khojnepal
  • २९ कार्तिक २०८१ बिहीबार
नीजि क्षेत्रलाई मन्त्री सिंहको आग्रह- उत्पादनको क्षेत्रमा जोड दिनू

काठमाडौँ । शहरी विकास मन्त्री प्रकशमान सिंहले उत्पादनको क्षेत्रमा जोड दिन नीजि क्षेत्रसँग आग्रह गरेका छन् ।

 

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा आज शुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ को शुभारम्भ गर्दै उनले उत्पादनको क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् ।

 

‘हामीले जोड दिनुपर्ने क्षेत्र भनेको म्यानुफ्याक्चरिङ हो । नेपालको कूल ग्राहस्थ उत्पादनमा ह्रास भइरहेको छ । यसलाई अभिवृद्धि गर्न उत्पादनको क्षेत्रमा हामीले जोड दिनुपर्ने हुन्छ,’ मन्त्री सिंहले भने ।

 

अहिले क्लिन इनर्जीको आवश्यकता बढ्दै गएको भन्दै उनले उत्पादनको क्षेत्रलाई पुग्ने विद्युत उत्पादन गरेर निर्यात गर्नसक्ने अवस्था बनाउनुपर्नेमा जोड दिए । त्यसमा नेपालमै बनेको सामाग्री प्रयोग गर्न सके अर्थतन्त्रमा राम्रो परिणाम दिने पनि उनले बताए ।

 

नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन अहिलेको सरकारले काम गरिरहेको भन्दै मन्त्री सिंहले उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श लगायतका नीजि क्षेत्रका संस्थाले उठाएका विषय सम्बोधन गर्न सरकार सकारात्मक रहेको पनि बताए ।

 

‘नीजि क्षेत्रले उठाएका कुरालाई सरकारले ध्यान दिएको छ । यसको सकारात्मक परिणाम केही समयपछि सबैले देख्नेछन् भन्न चाहन्छु,’ मन्त्री सिंहले भने, ‘तपाईंहरूले एक्जिबिसन हलको कुरा गरे। आर्थिक गतिविधि बढ्दै गएपछि एक्जिबिसन गर्ने हल त चाहियो नी । आवश्यकता अनुसार आधुनिक एक्जिबिसन हल बनाउन के गर्दा सकिन्छ, तपाईंहरुसँग सल्लाह गरेर अगाडि बढाउँछौ ।’

 

आजबाट शुरु भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ मंसिर २ गतेसम्म चल्नेछ । प्रदर्शनीमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै उद्योगमा भएका नवीनतम उपलब्धिबारे सूचना आदान-प्रदान गरिने छ ।

 

प्रदर्शनीमा २८ वटा स्टल र हल बाहिर पनि २६ स्टल रहने छन् ।



khojnepal khojnepal    
  • २९ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP