logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

‘ह्रस्व दीर्घ’ चलचित्रको गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक

  • khojnepal khojnepal
  • २८ कार्तिक २०८१ बुधबार
‘ह्रस्व दीर्घ’ चलचित्रको गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक

काठमाडौँ । चलचित्र ‘ह्रस्व दीर्घ’को दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार रिलिज भएको ‘भगवान नै आमा हुन्’ बोलको गीत सार्वजनिक भएको हो ।

 

सत्यराज आचार्यको स्वर रहेको गीतमा बाबुल गिरीको शब्द रचना र संगीत रहेको छ । गीतमा सन्तानका लागि आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव प्रस्तुत गरिएको छ ।

 

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री विपना थापा आमाको भूमिकामा देखिएकी छन् । नीता फिल्मसको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा कार्यकारी निर्माता धनन्जय गलानी छन् ।

 

चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकारको अभिनय रहेको छ ।



khojnepal khojnepal    
  • २८ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP