logo
  • १० माघ २०८१, बिहीबार | Thu, 23 Jan 2025

इजरायली आक्रमणमा २३ को मृत्यु : लेबनानी स्वास्थ्य मन्त्रालय

  • khojnepal khojnepal
  • २८ कार्तिक २०८१ बुधबार
इजरायली आक्रमणमा २३ को मृत्यु : लेबनानी स्वास्थ्य मन्त्रालय

काठमाडौँ । मध्य लेबनानको दुई घरमा इजरायली आक्रमणमा परेर २३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । लेबनानका अनुसार इजरायलले जुन ठाउँमा आक्रमण गरेको थियो, त्यहाँ विस्थापित परिवार बस्दै आएका थिए ।

 

यी आक्रमणमा मारिनेमा अधिकांश महिला र बालबालिका रहेको बताइएको छ । इजरायलले आक्रमण गरेका दुईवटा गाउँ माउन्ट लेबनान क्षेत्रमा छ । यो हिजबुल्लाहको अखडा रहेको क्षेत्रमा पर्दैनथ्यो ।

 

आफूले बेरुतको दक्षिणी उपनगरमा हिजबुल्लाह लक्ष्यमा आक्रमणपछि भएका आक्रमणबारे अनुसन्धान गरिरहेको इजरायली सेनाले बताएको छ । यसैबिच उत्तरी इजरायलको नाहरिया सहरमा हिजबुल्लाहको रकेट आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।



khojnepal khojnepal    
  • २८ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP