logo
  • ७ माघ २०८१, सोमबार | Mon, 20 Jan 2025

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट दोस्रो पटक सम्मानित

  • khojnepal khojnepal
  • २७ कार्तिक २०८१ मंगलवार
मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट दोस्रो पटक सम्मानित

काठमाडौँ । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट दोस्रोपटक सम्मानित भएको छ ।

 

श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (एसएएफए) बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत मुक्तिनाथ विकास बैंक वित्तीय सेवा क्षेत्र सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको हो ।

 

यो पुरस्कारबाट मुक्तिनाथ विकास बैंक २०२१ म पनि सम्मानित भएको थियो । दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्टस्ले बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्ड विभिन्न विधामा प्रस्तुत गरेको थियो ।

 

विधामा वित्तीय सेवा क्षेत्रमध्येबाट मुक्तिनाथ विकास बैंकले यो अवार्ड प्राप्त गरेको हो । उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।

 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यस बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको थियो ।

 

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही आउँदो मंसिर महिनाभित्र सार्वजनिक निष्कासनमार्फत इकाई बिक्रीमा ल्याउने भएको छ ।



khojnepal khojnepal    
  • २७ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP