logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

सभापति लामिछानेलाई बयानका लागि रुपन्देही लगियो

  • khojnepal khojnepal
  • २७ कार्तिक २०८१ मंगलवार
सभापति लामिछानेलाई बयानका लागि रुपन्देही लगियो

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि मंगलबार कास्कीबाट रुपन्देही लगिएको छ ।

 

बिहान भिजिविलिटी नहुँदा उडान हुन सकेको थिएन । करिब ४ घण्टासम्म विमानस्थलमा कुरेर अहिले १० बजेर ३० मिनेटमा उडान भएको हो । बुद्ध एयरको विमानमार्फत निर्धारित समय बिहान ७ बजेर ४५ मिनेटको उडानका लागि रविलाई बिहानै प्रहरी टोलीले पोखरा विमानस्थल पुर्‍याएको थियो ।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार रुपन्देहीको सरकारी वकिल कार्यालयमा बयानपछि सकेसम्म आजै पोखरा फर्काइने तयारी छ ।

 

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको अभियोगमा रुपन्देही जिल्ला अदालतले पनि यसअघि लामिछानेसहित १२ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

 

संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।

 

पोखरामा प्रधान कार्यालय रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत २ कात्तिकमा काठमाडौं वनस्थलीबाट लामिछानेलाई पक्राउ गरी पोखरा ल्याइएको थियो । हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।



khojnepal khojnepal    
  • २७ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP