logo
  • १० माघ २०८१, बिहीबार | Thu, 23 Jan 2025

साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री

  • khojnepal khojnepal
  • २७ कार्तिक २०८१ मंगलवार
साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०-८१ मा १८ करोड ६२ लाख ८१ हजार रुपैयाँ बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको यो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो ।

 

कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा रु पाँच करोड २३ लाख मूल्य बराबरको नुन बिक्री गरेको छ । यो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ ।

 

गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने यो सहुलियत दरको पसलबाट हालसम्ममा पाँच हजार ६०० प्याकेट नुन बिक्री गरेर दुई लाख ६१ हजार रुपैयाँ कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताए ।

 

सहुलियत दरका सो पसलबाट २४ रुपैयाँ प्रतिप्याकेट तथा डिलरमार्फत २६ रुपैयाँ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै यो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिए ।



khojnepal khojnepal    
  • २७ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP