logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

दिल्लीमा पटकामाथि स्थायी प्रतिबन्ध लगाउन सर्वोच्च अदालतको निर्देशन

  • khojnepal khojnepal
  • २६ कार्तिक २०८१ सोमबार
दिल्लीमा पटकामाथि स्थायी प्रतिबन्ध लगाउन सर्वोच्च अदालतको निर्देशन

काठमाडौँ । भारतको सर्वोच्च अदालतले पटकामाथि स्थायी प्रतिबन्ध लगाउन दिल्ली सरकारका नाममा निर्देशन जारी गरेको छ । सोमबार न्यायाधीश अभय ओक र अगस्टीन जर्ज मसिहको इजलासले पटकामाथि २५ नोभेम्बरभित्र स्थायी प्रतिबन्ध लगाउन निर्देशन दिएको हो ।

 

दीपावलीको समयमा यसअघि लगाइएको प्रतिबन्ध उल्लंघन भएको भन्दै अदालतले चिन्ता व्यक्त गरेको छ । प्रहरीको कदमप्रति अदालतले असन्तुष्टि पनि व्यक्त गरेको छ ।

 

अदालतले प्रहरीले प्रतिबन्धलाई गम्भीरतापूर्वक लागू नगरेको औंल्याएको छ । प्रहरीले देखावटी रूपमा कच्चा पटका मात्र बरामद गरेको इजलासको ठहर छ ।

 

अदालतले पटकामाथि स्थायी प्रतिबन्ध लगाउनका लागि विशेष सेल बनाउन पनि दिल्ली प्रहरीलाई निर्देशन दिएको छ। कुनै पनि धर्मले प्रदूषण फैलाउने कुनै पनि कामलाई बढवा दिन नसक्ने अदालतको भनाइ छ ।

 

प्रदूषणका कारण जनताको स्वास्थ्यमा गम्भीर असर परिरहेको र यो संविधानको धारा २१ मा उल्लेख गरिएको प्रदूषणमुक्त वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक हकविपरीत रहेको सर्वोच्चको भनाइ छ ।

 

अदालतले दिल्ली सरकारले १४ अक्टुबरमा लगाएको प्रतिबन्धको आदेश दिल्ली प्रहरीले गम्भीरतापू्र्वक नलिएको बताएको छ । दिल्ली प्रहरीले सबै लाइसेन्सधारीलाई पटका बिक्री तुरुन्त बन्द गर्नका लागि सूचित गर्नुपर्नेमा त्यसो नगरेको अदालतको भनाइ छ ।



khojnepal khojnepal    
  • २६ कार्तिक २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP