logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ’

  • khojnepal khojnepal
  • २६ कार्तिक २०८१ सोमबार
‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छ ।

 

सोमबार खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको पदाधिकारी बैठकले संविधान संशोधन गर्नै खोजेको हो भने स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्ने बताएको हो ।

 

‘कांग्रेस र एमालेले संविधान संशोधनको विषय आवरणमा उठाए पनि सत्तामा जाने बहाना मात्रै देखिएको छ । संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा परिवर्तनको पक्षमा, जनताका अधिकार बढाउने पक्षमा गर्नुपर्छ, अरू कुरा गर्दै गरौंला,’ बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्छ । यसले मात्रै अहिले देखिएका विकृति, विसंगति र अस्थिरता हटाउन सक्छ । राजनीतिक स्थायित्व ल्याउन सक्छ ।’

 

त्यस्तै, माओवादीले निर्वाचन प्रणाली सुधार्ने हो भने पूर्ण समानुपातिक प्रणाली बनाउन र विज्ञलाई मन्त्री बनाउन पनि सुझाएको छ ।

 

‘निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऊँ,’ सापकोटाले भने, ‘त्यसमा पनि विशेष जोड निर्वाचित भएर आउने सांसद नीति, विधि निर्माणमा लाग्नुपर्छ । विज्ञ र विशेषज्ञलाई मन्त्री बनाउनुपर्छ ।’



khojnepal khojnepal    
  • २६ कार्तिक २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP