logo
  • ५ माघ २०८१, शनिबार | Sat, 18 Jan 2025

‘संवैधानिक परिषद्लाई भागबण्डा नबनाऔँ’

  • khojnepal khojnepal
  • २६ कार्तिक २०८१ सोमबार
‘संवैधानिक परिषद्लाई भागबण्डा नबनाऔँ’

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संवैधानिक संस्था दलको भागबण्डामा भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।

 

सांसद केसीले संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाउन आग्रह गरे । ‘संवैधानिक परिषद्लाई भागबण्डा परिषद् नबनाऔँ’, उनले भने ।

 

उनले नीतिगत निर्णय स्पष्ट हुनुपर्ने उल्लेख गरे । अख्तियारले नीतिगत निर्णय छुन नपाउने नाममा भ्रष्टाचार भएको बताए । ‘अख्तियारले निजी क्षेत्रलाई हेर्ने भनेर अनावश्यक तरंग गर्ने, बार्गेनिङ गर्ने जस्तो लागेको छ । सम्पत्ति शुद्धीकरणमा एक विशिष्ट कर्मचारी राखेर कसरी हुन्छ ?’, उनले प्रश्न गरे ।



khojnepal khojnepal    
  • २६ कार्तिक २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP