logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

राष्ट्र बैंकले गर्यो तरलता व्यवस्थापन गर्न ५० अर्बको उपकरण जारी

  • khojnepal khojnepal
  • २५ कार्तिक २०८१ आईतवार
राष्ट्र बैंकले गर्यो तरलता व्यवस्थापन गर्न ५० अर्बको उपकरण जारी

काठमाडौँ । बैकं तथा वित्तीय संस्थासँग भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैकंले निक्षेप संकलन उपकरण जारी गरेको छ । तरलता व्यवस्थापन गर्न आइतबार राष्ट्र बैकंले ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको हो ।

बैकंमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैकंले २१ दिनको लागि ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो । जसको बोलकबोल आज नै ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’मार्फत हुने राष्ट्र बैकंले जनाएको छ ।

आइतबार २ बजेसम्म बैकं तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले निःशेष भाग जानेगरी आवेदन दिन सक्नेछन् ।

उपकरणको ब्याजदर बोलकबोलमार्फत् नै निर्धारण हुनेछ भने सावाँ तथा ब्याज भुक्तानी मंसिर १६ गते हुने राष्ट्र बैकंले जनाएको छ ।



khojnepal khojnepal    
  • २५ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP