logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

सुर्खेतमा फोर्स गाडी दुर्घटना, ३ जनाको मृत्यु

  • khojnepal khojnepal
  • २३ कार्तिक २०८१ शुक्रबार
सुर्खेतमा फोर्स गाडी दुर्घटना, ३ जनाको मृत्यु

काठमाडौँ । सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २५ घाइते भएका छन् । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

शुक्रबार दैलेखबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी वीरेन्द्रनगर-१४, को रातानाङ्ग्लामा दुर्घटना भएको हो ।

 

प्रहरीका अनुसार घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाएको छ । घाइतेमध्ये ५र६ जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो करिब १ स् ४० बजेतिर भएको दुर्घटनामा फोर्स गाडी सडकभन्दा झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ।



khojnepal khojnepal    
  • २३ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP