logo
  • १० माघ २०८१, बिहीबार | Thu, 23 Jan 2025

अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने

  • khojnepal khojnepal
  • २३ कार्तिक २०८१ शुक्रबार
अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने

काठमाडौँ । अस्ट्रेलियामा सामाजिक सञ्जालको प्रयोगलाई लिएर ठूलो घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानीजले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन सरकारले कानुन बनाउने बताएका छन् ।

 

अल जजीराको रिपोर्टका अनुसार अष्ट्रेलियाका सञ्चार मन्त्री मिशेल रोल्याण्डले कानूनमा इन्स्टाग्राम, फेसबुक, टिकटक र एक्सजस्ता सोशल मिडिया प्लेटफर्म समावेश हुने बताइन् । राउल्यान्डले अल्फाबेटको युट्युब पनि यो कानूनको दायरामा आउने सम्भावना रहेको बताइन् ।

 

प्रधानमन्त्री अल्बानीजले पत्रकार सम्मेलनमा भने, ‘सामाजिक मिडियाले हाम्रा बच्चालाई चोट पुर्याउँदैछ र म यसलाई रोक्न चाहन्छु।’ यो ऐन यसै वर्ष संसद्‌मा पेश हुने उनले बताए । संसदबाट पारित भएको १२ महिनापछि कानुनको रूपमा लागू हुनेछ ।

अस्ट्रेलियामा बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव यस वर्षको शुरूमा उठाइएको थियो । गत वर्ष फ्रान्सले १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको थियो ।



khojnepal khojnepal    
  • २३ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP