logo
  • १० माघ २०८१, बिहीबार | Thu, 23 Jan 2025

स्थानीय तह उपनिर्वाचनका लागि एमालेले गर्यो उम्मेदवार सार्वजनिक

  • khojnepal khojnepal
  • २२ कार्तिक २०८१ बिहीबार
स्थानीय तह उपनिर्वाचनका लागि एमालेले गर्यो उम्मेदवार सार्वजनिक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी महिना हुने स्थानीय तह उपनिर्वाचनका लागि एक नगरप्रमुख र दुई वडाध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

 

एमालेको नगर समितिले केही दिनअघि कीर्तिपुर नगरप्रमुखमा डा. सुरेन्द्र मानन्धर, वडा नं १ मा र वडा नं ४ मा बद्री बुढाथोकीलाई सर्वसम्मत सिफारिस गरेको थियो ।

 

आज यहाँ भएको घोषणासभामा नगरप्रमुखका उम्मेदवार मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । त्यस अवसरमा एमाले स्थायी समिति सदस्य राजन भट्टराई तथा बागमती प्रदेश प्रमुख आनन्द पोखरेलले जनताका माझ गएर उनीहरूका काम गर्न जनप्रतिनिधि दत्तचित्त हुनुपर्नेमा जोड दिए ।



khojnepal khojnepal    
  • २२ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP