logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

ट्रम्पको विजयमा हमासले के भन्यो ? यस्तो छ इरानको प्रतिक्रिया

  • khojnepal khojnepal
  • २२ कार्तिक २०८१ बिहीबार
ट्रम्पको विजयमा हमासले के भन्यो ? यस्तो छ इरानको प्रतिक्रिया

काठमाडौँ । प्यालेस्टिनी प्राधिकरणका प्रमुख महमुद अब्बासले अमेरिकी चुनावमा विजयी भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिँदै सफलताको कामना गरेका छन् ।

 

प्यालेस्टिनी प्राधिकरण नियन्त्रित वाफा समाचार एजेन्सीको वेबसाइटमा बुधबार पोस्ट गरिएको सन्देशमा महमूद अब्बासले यस क्षेत्रमा शान्ति र सुरक्षाका लागि ट्रम्पसँग काम गर्ने आशा व्यक्त गरेका छन् । सन्देशमा उनले विश्व अन्तर्राष्ट्रिय कानून अनुसार चल्नुपर्ने बताएका छन् ।

 

अब्बासले भने, ‘शान्तिप्रति हाम्रो प्रतिबद्धतामा हामी दृढ छौं र हामी विश्वस्त छौं कि संयुक्त राज्य अमेरिकाले पनि तपाईंको नेतृत्वमा प्यालेस्टिनीको जायज मागलाई समर्थन गर्नेछ ।’ गाजामा एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबीच द्वन्द्व चलिरहेको छ ।

 

यसैगरी ट्रम्पको जितलाई हमासका वरिष्ठ नेता बसम नइमले अमेरिकीहरूको व्यक्तिगत मामिला भनेका छन् । यद्यपि उनले गाजामा जारी द्वन्द्वको अन्त्य हुने आशा व्यक्त गरेका छन् । साथै उनले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्र र जेरुसेलमलाई राजधानी बनाउन सहयोगको आशा व्यक्त गरेका छन् ।

 

अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको जितपछि इरानले पनि प्रतिक्रिया दिएको छ । बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ताले इरानमा ट्रम्पको विजयको सम्भावित प्रभावलाई खारेज गरेका हुन् । इरान र इजरायलबीच अहिले तनाव छ ।

 

इरानी सरकारका प्रवक्ताले भनेका छन्, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हामीलाई केही फरक पर्दैन। अमेरिका र इरानमा सरकार परिवर्तनले खासै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन।’

 

सन् २०१६ मा डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए । इरान र अमेरिकाबीच परमाणु सम्झौता बाराक ओबामाको कार्यकालमा भएको थियो ।



khojnepal khojnepal    
  • २२ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP