logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

डा. शर्मा एकपछि अर्को दिनदुःखीको सहारा, फेरि अर्को विरामीको निःशुल्क उपचार

  • khojnepal khojnepal
  • २१ कार्तिक २०८१ बुधबार
डा. शर्मा एकपछि अर्को दिनदुःखीको सहारा, फेरि अर्को विरामीको निःशुल्क उपचार

सुन्दरहरैंचा । डाक्टर सुनिल शर्मा एकपछि अर्को गर्दै दिनदुःखीको सहारा बन्दै जानु भएको छ । उहाँले अहिलेसम्म हजारौं गरिबदुःखीको निःशुल्क उपचार गराइसक्नु भएको छ । डा.शर्माले समाज सेवालाई पहिलो प्राथमिकता दिनु भएको छ । गम्भीर विरामी भएको र उपचार खर्च अभाव भएको जानकारी प्राप्त हुनासाथ भ्याएसम्म डा.शर्मा गरिवदुःखीको घरैमा पुग्ने गर्नु भएको छ ।

यसैक्रममा मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ सुकुम्बासी बस्ती घर भएका एक युवकको डा.शर्माले निःशुल्क उपचार गरिदिरहनु भएको छ । २६ वर्षिय रविन उरावनको अहिले नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

१५ दिनदेखि स्वास्थ्यमा समस्या देखिएका उराव एकाएक बेहोस हुनु भएको थियाे। उराव घरमै विमारले थलिनु भएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण औषधि उपचार गर्न अस्पताल जान सक्नु भएको थिएन ।

स्थानीय राजेन्द्र दाहालले डा. शर्मालाई सम्पर्क गरि विरामीको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । विरामीको अवस्था बुझेर डा. शर्माले उपचार गरिदिने भनेपछि गाडीको व्यवस्था गरेर उरावनलाई तत्काल अस्पताल पठाइयो । डा.शर्माले तुरुन्तै उपचार गर्न नोबेल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिनु भयो । अवस्था नाजुक देखिएपछि आइसीयुमा राखेर उरावनको उपचार गरिएको छ । पहिलेभन्दा उराबनको स्वास्थ्य अवस्था केही सुधार हुँदै गएको पारिवारिक स्रोतले  जानकारी गराएको छ ।

डा.शर्माले निःशुल्करुपमा विरामी उरावनको औषधिका साथै सम्पूर्ण उपचार गरिदिने हुनुभएको छ । विरामी नविनलाई उहाँका आफन्तले उपचार खर्च अभावले अस्पतालसम्म पुर्याउन सकेका थिएनन् । अहिले डा. शर्माले निःशुल्क उपचार गरिदिएपछि उरावनका आफन्त खुसी भएका छन् । उनीहरुले उपचार खर्च अभाव भएका बेला गुन लगाएको भन्दै डा. शर्मालाई धन्यवाद दिएका छन् ।



khojnepal khojnepal    
  • २१ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP