logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

१.८८ अंकले घट्यो नेप्से, ५ अर्ब २२ करोडको कारोबार

  • khojnepal khojnepal
  • २१ कार्तिक २०८१ बुधबार
१.८८ अंकले घट्यो नेप्से, ५ अर्ब २२ करोडको कारोबार

काठमाडौँ । साताको चैथो कारोबारको दिन बुधबार शेयरबजार परिसूचक नेप्से १.८८ अंकले घटेको छ । आज नेप्से १.८८ अंकले घटेर २ हजार ६७५.५१ बिन्दुमा रोकिएको हो ।

 

आज नेप्से कूल २४४ कम्पनीको १ करोड १६ लाख कित्ता सेयर किनबेचबाट ५ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको हो ।

 

आज कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयरको मूल्य बढेको छ भने आठ उपसमूहको शेयरको मूल्य भने घटेको छ । क्याुचुअल फण्ड समूहमा सबैभन्दा धेरै १.०९ प्रतिशत वृद्धि हुँदा होटल तथा पर्यटन क्षेत्रमा सबैभन्दा ०.७५ प्रतिशतले गिरावट आएको छ ।

 

आज बजारमा नारायणी विकास बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रेपावर र पिपुल्स हाइड्रोपावरको शेयर मूल्य समेत ९ प्रतिशत भन्दा धेरैले बढ्दा कुथेली भुकारी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।

 

आज बजारमा नेपाल फाइनान्सको सेयरको सबैभन्दा धेरै ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।



khojnepal khojnepal    
  • २१ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP