logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

अब कुनै युद्ध हुनेछैन : डोनल्ड ट्रम्प

  • khojnepal khojnepal
  • २१ कार्तिक २०८१ बुधबार
अब कुनै युद्ध हुनेछैन : डोनल्ड ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी भएका छन् । विजयपछि ट्रम्पले आफ्नो पहिलो भाषणमा देशका जनतालाई धन्यवाद दिँदै अब युद्ध नहुने बताए ।

 

ट्रम्पले यसलाई सबैभन्दा ठूलो राजनीतिक क्षण भनेका छन् । उनले इजरायल र उक्रेनलाई संकेत गर्दै अब युद्ध नहुने बताएका हुन् । उनले भने, ‘धन्यवाद अमेरिकी जनतालाई ! यो अमेरिकी जनताको जित हो । म तपाईंको परिवार र भविष्यका लागि लड्नेछु ।’

 

यो अमेरिकाको ‘स्वर्ण युग’ हो । यो अमेरिकी जनताका लागि ठूलो विजय हो र यसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्नेछौँ। यो अमेरिकी इतिहासमा सबैभन्दा ठूलो निर्वाचन हो । हामी अमेरिकाको भविष्यका लागि सँगै काम गर्नेछौं ।

 

जनताले हामीलाई धेरै राम्रो बहुमत दिएका छन् । मेरो जित देशका हरेक नागरिकको जित हो। सिनेटमा अकल्पनीय जित भएको छ। म अमेरिकाका लागि जे जति गर्न सक्छु त्यो गर्नेछु । यति ठूलो जितको अपेक्षा कसैले पनि गरेका थिएनन् । हाम्रो देशका सबै समस्याको समाधान हुनेछ। उपराष्ट्रपतिलाई पनि बधाई दिन चाहन्छु। अब हामी कुनै पनि युद्ध हुन दिनेछैनौँ । मैले देशको हरेक भागबाट समर्थन पाएको छु । अमेरिकामा घुसपैठ रोक्नेछौँ ।

 

हामी युद्ध अन्त्य गर्न चाहन्छौँ । मेरो हरेक क्षण अमेरिकाका लागि हो। हामीले जे वाचा गर्छौं त्यो पूरा गर्छौं। यो दिनलाई सम्पूर्ण अमेरिकाले सम्झनेछ । देशलाई उज्ज्वल भविष्यतर्फ लैजान्छौँ। विगत ४ वर्षमा हामीलाई कुन कुराले विभाजित गर्‍यो बिर्सनुहोस्। म एलन मस्कलाई बधाई दिन्छु अद्भुत व्यक्ति हुन् । जुलाई १३ मा ममाथि घातक हमला भयो‚ भगवान्‌ले मेरो जीवन बचाउनुभयो ।’



khojnepal khojnepal    
  • २१ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP