logo
  • २९ फाल्गुन २०८१, बिहीबार | Thu, 13 Mar 2025

त्रिभुवन विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित  ३ जना पक्राउ

  • khojnepal khojnepal
  • २१ कार्तिक २०८१ बुधबार
त्रिभुवन विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित  ३ जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ परेका छन् ।

 

एयर अरेबियाको जहाजमा यूएईको शारजाहबाट काठमाडौँ आएका चिनिया नागरिक जियान जोङ तथा म्यानमारका सान दाइङ तुङ र इ नोङ फुलाई मंगलबार साँझ सुनससहित पक्राउ गरिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

 

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा जाँचगर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा यो सुन फेला परेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले नियन्त्रणमा लिएको उनको भनाइ छ ।

 

नियन्त्रणमा लिईएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल भन्सार कार्यालयमा राखिएको जनाइएको छ ।



khojnepal khojnepal    
  • २१ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP