logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

छठका लागि जलेश्वरमा भारतबाट ५० लाखका केरा आयात

  • khojnepal khojnepal
  • २१ कार्तिक २०८१ बुधबार
छठका लागि जलेश्वरमा भारतबाट ५० लाखका केरा आयात

काठमाडौँ । महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरका केरा भित्र्याएका छन् ।

 

आज जलेश्वरमा लाग्ने अन्तिम हाटबजारमा ५० लाखको केरा ल्याइएको व्यवसायी गणेश साहले बताए । पहिलेपहिले २०-२५ लाखसम्मको केरा ल्याइने गरिएकामा यस वर्ष ५० लाखको केरा ल्याइएको अर्का व्यवसायी उत्तिम साहले बताए ।

 

जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच-सात जना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन्भने उनीहरूले सो ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन् ।

 

विगत वर्षमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यस वर्ष ४० ट्रक केरा भित्रिएको छ । ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनानुदिन बढ्दै गरेको जनसङ्ख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले ५० लाखको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन् ।

 

जलेश्वर बजारमा यसपालि केरा प्रतिघार ६-७ सयदेखि एक हजार, १५ सयसम्म बिक्री भइरहेको छ ।

 

बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केराहरु छन् । जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका बर्तालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन् ।



khojnepal khojnepal    
  • २१ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP