logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

आन्दोलनरत रुबी खान र गृह मन्त्रालयबिच ३ बुँदे सहमति, आन्दोलन स्थगित

  • khojnepal khojnepal
  • १३ कार्तिक २०८१ मंगलवार
आन्दोलनरत रुबी खान र गृह मन्त्रालयबिच ३ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । नेपालगञ्जकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा रुबी खानसहितको समूहसँग गृह मन्त्रालयले तीन बुँदे सहमति गरेको छ ।

 

सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने निर्णय भएको छ । योसँगै खानसहितका महिलाले गरेको आन्दोलन स्थगित भएको छ ।

 

सहमतिमा गृहमन्त्रालयका उपसचिव दिलकुमार तामाङ र रुबी खानले हस्ताक्षर गरेका छन् ।

 



khojnepal khojnepal    
  • १३ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP