logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

रास्वपाका सांसदसहित ५१ जना प्रदर्शनकारी पक्राउ

  • khojnepal khojnepal
  • १३ कार्तिक २०८१ मंगलवार
रास्वपाका सांसदसहित ५१ जना प्रदर्शनकारी पक्राउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको प्रदर्शनका क्रममा सांसद अशोक चौधरीसहित ५१ जना पक्राउ परेका छन् ।

 

मंगलबार सभापति रवि लामिछानेको रिहा गर्न माग गर्दै रास्वपाले सांसद चौधरीसहित ५१ जना पक्राउ परेका हुन् । ५१ जनामध्ये एक जना महिला र बाँकी सबै पुरुष रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

 

रास्वपाले आज लामिछाने पक्राउको विरोधमा बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

 

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।

 

उनीहरूलाई काठमाडौँका विभिन्न प्रहरी वृत्तमा राखिएको छ । प्रदर्शनमा उत्रिएका नेता कार्यकर्ताले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।



khojnepal khojnepal    
  • १३ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP