logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

बालुवाटारमा रास्वपाको प्रदर्शनः सांसद चौधरीसहित ३३ जना पक्राउ

  • khojnepal khojnepal
  • १३ कार्तिक २०८१ मंगलवार
बालुवाटारमा रास्वपाको प्रदर्शनः सांसद चौधरीसहित ३३ जना पक्राउ

काठमाडौँ । बालुवाटारमा प्रदर्शन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसदसहित ३३ जना पक्राउ परेका छन् ।

 

सहकारी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै बालुवाटारमा प्रदर्शन गर्ने रास्वपाका सांसद अशोक चौधरीसहित ३३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रधानमन्त्री निवास नजिकै गरिएको विरोध प्रदर्शनमा नेपाल हाउस अगाडिबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

 

रास्वपाले आज १२ बजेबाट बालुवाटारमा विरोध कार्यक्रमको तय गरकेो थियो । सोक्रममा नेता कार्यकर्ता भेला हुँदै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

 

पार्टी सभापति लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने कार्यक्रम राखेको हो । बालुवाटारस्थित नेपाल हाउसमा अहिले नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

 

लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन् । रास्वपाले सरकारले राजनीतिक प्रतिशोधले पक्राउ गरेको आरोप लगाउँदै आएको छ ।



khojnepal khojnepal    
  • १३ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP