logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

दुई ठूला छिमेकबीचको नेपालले कसैलाई शत्रु मान्दैन : प्रधानमन्त्री ओली

  • khojnepal khojnepal
  • ८ कार्तिक २०८१ बिहीबार
दुई ठूला छिमेकबीचको नेपालले कसैलाई शत्रु मान्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्ने बताएका छन् ।

 

संयुक्त राष्ट्रसंघ स्थापना दिवस (यूएन-डे)का अवसरमा बिहीबार सैनिक मुख्यालयमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको बताए ।

 

उनले विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसंघका सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले शान्ति, सुरक्षा, दिगो विकास, र वातावरण संरक्षण प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्ने स्पष्ट पारे ।

 

उनले नेपालको परराष्ट्र नीतिको एक अंगको रूपमा, सधैं शान्तिपूर्ण सह-अस्तित्व, सार्वभौमसत्ताका लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्त पालना भइरहेको अवगत गराए । दुई ठूला छिमेकीको बीचमा रहेको नेपालले सबैसँग मित्रता र कसैसँग शत्रुताको नीति कायम राख्ने स्थितिमा रहेको पनि ओलीले बताए ।



khojnepal khojnepal    
  • ८ कार्तिक २०८१ बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP