logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

विराटचोकमा विहीबार ‘पलेँटीमा मुरलीधर शुभकामना साँझ’ आयोजना गरिँदै

  • khojnepal khojnepal
  • ७ कार्तिक २०८१ बुधबार
विराटचोकमा विहीबार ‘पलेँटीमा मुरलीधर शुभकामना साँझ’ आयोजना गरिँदै

विराटचोक । नेपाली गायन क्षेत्रका पुराना गायक तथा संगीतकार मुरलीधरको सम्मानका लागि मोरङको विराटचोकमा ‘पलेँटीमा मुरलीधर शुभकामना साँझ’ आयोजना गरिएको छ । नेपाली कला र संस्कृतिका क्षेत्रमा वरिष्ठ स्रष्टा मुरलीधरकाे सम्मानका निम्ति नझरेका फूलहरूद्वारा मोरङको सुन्दरहरैँचा-१० विराटचोकस्थित प्लानेट लाउञ्जमा मुरलीधरको एकल सांगीतिक साँझ विशेष कार्यक्रम आयोजना गरिएको हो ।

चाडपर्वहरूको अवसरमा शुभकामना आदानप्रदानसहित यो कार्यक्रम आयोजना गरिएको बुधबार पत्रकार सम्मेलनमा केपी घिमिरेले जानकारी दिनु भयो । सांगीतिक साँझमा सहभागी भएर सांगीतिक आनन्द लिन कला, साहित्य, संगीत र संस्कृतिप्रेमीलगायतमा आग्रह गरिएको छ ।

सांगीतिक आनन्द लिनका लागि दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा मुरलीधर, कृष्णभक्त राई, दुर्गा पराजुली, चण्डी सामपाङ, आइतराज लिम्बूलगायतको प्रस्तुति रहनेछ ।

वर्तमान समयमा पुराना कलाकार, शास्त्रीय संगीत ओझेलमा पर्ने संकेत देखिएकाले पुराना कलाकारको संरक्षण गरी शास्त्रीय संगीतलाई जीवित राख्नका लागि सो कार्यक्रमले विशेष महत्व राख्ने गीतसंिगतका पारखीहरुले जनाएका छन् । मुरलीधरले ‘उडायो सपना सबै हुरी’, ‘निष्ठरीलाई माया गरी’, ‘चिसो चिसो सिरेटोमा’ लगायतका थुप्रै गीत गाएका छन्।

यसैगरी १८ वटा भारतीय चलचित्रमा उनले अभियनय गरेका छन् । पछिल्लो समय नेपाली चलचित्र ‘१२ गाउँ’ चलचित्रमा उनको खलनायकको विशेष अभिनय रहेको छ ।



khojnepal khojnepal    
  • ७ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP