logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

‘प्रमुख पार्टीका दुई/चार नेता सहकारी ठगीमा पर्ने भए भनेर रुवाबासी नगरौं’

  • khojnepal khojnepal
  • ७ कार्तिक २०८१ बुधबार
‘प्रमुख पार्टीका दुई/चार नेता सहकारी ठगीमा पर्ने भए भनेर रुवाबासी नगरौं’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख पार्टीका दुईरचार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी गर्न नहुने बताएका छन् । बुधबार सामाजिक संजालमा लेख्दै शर्माले कांग्रेस, एमाले, माओवादी, राप्रपा र रास्वपाका दुई चार जना सहकारी ठगीमा पर्ने भए भनेर रुवाबासी गर्न नहुने बताएका हुन् ।

 

‘रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ- प्रचलित कानुन बमोजिम कारबाही गर्नू । तर प्रक्रिया शुरू भएपछि ‘राजनैतिक प्रतिशोध’ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र ? प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम-प्रयास वैकल्पिक राजनीति ? कि विधिउपर समेतको ठगी ?’ शर्माले लेखेका छन्, ‘कांग्रेसका दुईरचार, एमालेका दुईरचार, माओवादी, राप्रपा र रास्वपाका दुईरचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं ।’

 

उनले दोषीलाई कारबाहीगरी पीडितको बचत फिर्ता गर्नु आजको राष्ट्रिय आवश्यकता भएको पनि बताएका छन् । अन्धभक्तले पार्टी र देश सुधार्न नसक्ने पनि शर्माको भनाइ छ ।

 

‘अन्धभक्तले न पार्टी सुधार्न सक्छन् न देश बनाउन एक मित्रको अभिव्यक्ति सम्झन्छु । निष्य नै ‘लोभ र डर’ले जब कसैको ईमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ,’ शर्माले लेखेका छन्, ‘मेसिनबाट मान्छेमा फर्किँदासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ ।’

 

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको सिफारिसपछि रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको विरोधलाई लक्षित गर्दै शर्माले यस्तो लेखेका छन् ।



khojnepal khojnepal    
  • ७ कार्तिक २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP