logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र

  • khojnepal khojnepal
  • ६ कार्तिक २०८१ मंगलवार
जाजरकोटका दलले बुझाए मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षणपत्र

काठमाडौँ । जाजरकोटका राजनीतिक दलहरुले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । भूकम्प गएको एक वर्ष पुग्न लाग्दासमेत अस्थायी आवास बापतको रकम प्राप्त नभएकाले यहाँका राजनीतिक दलका प्रतिनिधिले मुख्यमन्त्रीसँग गुनासोसहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

 

सङ्घीय सरकारले निर्माण गरिरहेको मध्यपहाडी राजमार्गको मन्ताभीर खण्ड निर्माण नभएको, भूकम्पपछिको पुन:निर्माण, सहुलियत कर्जा उपलब्ध गराउने लगायतका विषय ध्यानाकर्षण पत्रमा समेटिएको छ । प्रदेश सरकार मातहतको जिल्ला अस्पताल जाजरकोटलाई विशेषज्ञ सेवासहित सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापन गरिदिन आग्रह गरिएको छ ।

 

जाजरकोटका विभिन्न ठाउँमा रहेका काइननाईट, टुरमालीन जस्ता बहुमूल्य पत्थर खानी, बारेकोटको फलामखानी उत्खनन तथा प्रशोधनका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरिदिन आग्रह गरेको छ । ध्यानाकर्षण पत्रमार्फत सङ्घीय सरकारकै कार्यक्षेत्र रहेको नलगाड जलविद्युत् आयोजना चार सय १७ मेगावाटलाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा अगाडि बढाउन आग्रह गरिएको छ ।

 

सङ्घीय सरकार मातहतका थलह चाँदे हुँदै जुम्ला जोडने सडक, थलह फूलकारी नदइडाव सडक, कुशे बाउली ढुङ्गा सडक, छेडा कचाली सडक, बारेकोट मुलसाव जुम्ला सडक निर्माण गर्न बजेट माग गरिएको छ ।

 

त्यस्तै, सुयाडा, मष्टामन्दिर, पौराणिक स्तुपा निर्माणका लागि ध्यान दिन अनुरोध गरिएको नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य अमरसिंह राठोरले बताए ।



khojnepal khojnepal    
  • ६ कार्तिक २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP