logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

सात वर्षको उमेरदेखि स्याउ र दुध मात्रै खाने जीवनाथ सम्मानित, सुन्दरहरैंचा नगरपालिकाका सवै वडामा भट्टराई समुदाय संगठित

  • khojnepal khojnepal
  • ४ कार्तिक २०८१ आईतवार
सात वर्षको उमेरदेखि स्याउ र दुध मात्रै खाने जीवनाथ सम्मानित, सुन्दरहरैंचा नगरपालिकाका सवै वडामा भट्टराई समुदाय संगठित

सुन्दरहरैंचा । भट्टराई कुलवंश प्रतिष्ठान सुन्दरहरैंचा नगर समितिको तेस्रो वार्षिक साधारणसभा विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । मोरङको सुन्दरहरैचा ८ सलकपुरमा भएको साधारणसभामा भट्टराई कुलवंश प्रतिष्ठानमा आवद्ध वडादेखि केन्द्रीय तहसम्मका प्रतिनिधि, भट्टराई बन्धुलगायतको उपस्थिति रहेको थियो । साधारणसभामा भट्टराई कुलवंश प्रतिष्ठानको वंशावली लेखन संयोजकको रुपमा रहि उल्लेखनीय योगदान पुर्याउनु हुने ९० वर्षिय जीवनाथ भट्टराईलाई कदरपत्रसहित सम्मान गरिएको छ । भोजपुरको भुल्केबाट बसाई सरेर आएपछि सर्वप्रथम उहाँले मोरङको गोठगाउँमा भट्टराई वंशको कुलपूजा देवली गर्ने परम्पराको सुरुवात गर्नुभएको थियो ।

जीवनाथले देवी प्रेरणाबाट (बाल्यकाल) ७ वर्षको उमेरदेखि नै अन्न त्याग गर्नु भएको थियो । उहाँले दैनिक स्याउ र कैली गाईको दूध मात्रै सेवन गर्दै आउनु भएको छ । उहाँ फलहारका रुपमा आलु पनि सेवन गर्नुहुन्छ । दूध, स्याउ र आलु जे भएपनि दिनमा एकपटक मात्रै उहाँले सेवन गर्ने गर्नु भएको छ । उहाँले देव ध्यान, पितृ ध्यान र गौ सेवा तथा आफनो मन्दिरमा आउने भक्तजनहरुलाई दुःख मुक्त गर्न निस्वार्थ सहयोग पु–याउँदै आउनु भएको छ ।

यसैगरी भट्टराई समुदायको उत्थानमा पुर्याएको योगदान र असल अभिभावकत्वको भूमिका निर्वाह गरेकोमा लक्ष्मी भट्टराई, अर्जुन भट्टराई, कुन्तला भट्टराई र कोशी एजुकेशन कन्सल्टेन्सी विराटचोकका सञ्चालक नरेश भट्टराईलाई सम्मान गरियो । यस्तै साधारणसभामा भट्टराई कुलवंश प्रतिष्ठानको दशौं महाधिवेशनबाट केन्द्रिय सदस्यमा सुन्दरहरैंचा क्षेत्रबाट निर्वाचित केशव भट्टराई, हेमन्त भट्टराई र खिना भट्टराईलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय सदस्य खिना भट्टराई, केन्द्रीय सदस्य केशव भट्टराई ,पूर्वकेन्द्रीय सदस्य सुरेन्द्र भट्टराई, कोशी प्रदेश सदस्य सिर्जना भट्टराई, प्रतिष्ठानका मोरङ जिल्ला अध्यक्ष तेजकुमार भट्टराई, मोरङ सचिव दुश्यान्त भट्टराई र छोरीबुहारी सुन्दरहरैंचा नगर समितिकी उपाध्यक्ष तारा भट्टराइले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मन्तव्यका क्रममा उहाँहरुले सुन्दरहरैैंचाका १२ वटै वडामा भट्टराई कुलवंश प्रतिष्ठान वडा समिति गठन हुनु एउटा उदाहरणीय काम भएको जनाउनु भयो । उहाँहरुले विश्वभरि नै भट्टराइहरु संगठित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनु भयो । यस्तै भट्टराई थर आवद्ध संगठनले भट्टराईको व्यक्तिगत स्वार्थ मात्रै नहेरी सामाजिक कामहरुमा पनि अग्रसर हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । कार्यक्रममा प्रतिष्ठानले गरेका कामहरु र आगामी दिनमा गर्नुपर्ने कामको सम्बन्धमा पनि चर्चा भएको थियो । साधारणसभा सुन्दरहरैंचा नगरसमितिका अध्यक्ष हेमन्तकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।



khojnepal khojnepal    
  • ४ कार्तिक २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP