logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

‘माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ’

  • khojnepal khojnepal
  • ३ कार्तिक २०८१ शनिबार
‘माओवादी पार्टीहरूबीच छिट्टै एकता हुन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले छरिएर रहेका माओवादी पार्टीबीचको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका(१३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको जनसांस्कृतिक कार्यक्रममा उनले हिजो एउटै ‘स्कुलिङ’बाट आएका तर हाल विभक्त रहेका माओवादी एकताबद्ध भएर जानुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले सबै एकीकृत भएर मात्रै समाजवादी क्रान्तिको तयारीमा लाग्न सकिने उल्लेख गरे । “शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा अरूकै भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो विन्दुमा पुगेका छौँ । त्यसैले एकताबद्ध भएर अगाडि बढौँ”, उनले भने ।

अध्यक्ष दाहालले पछिल्ला उपलब्धिको रक्षा गर्न आमजनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने गरी अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, योद्धाको स्मरणमा जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनेलगायत काम गरिएको उल्लेख गरे ।



khojnepal khojnepal    
  • ३ कार्तिक २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP