logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

पुनहिल-घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

  • khojnepal khojnepal
  • ३ कार्तिक २०८१ शनिबार
पुनहिल-घोडेपानीमा पर्यटक आगमन उत्साहजनक

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने पुनहिल-घोडेपानीमा छ महिनामा ११ हजार ६०६ पर्यटकले भ्रमण गरेका छन् । यद्यपि यो गत वर्षको भन्दा कम भएको घोडेपानीस्थित पर्यटक प्रहरी चौकीले जनाएको छ ।

 

उक्त चौकीका अनुसार गत वर्ष सोही अवधिमा १२ हजार ६०० भन्दा बढी विदेशी पर्यटक उक्त क्षेत्रमा आएका थिए । यो वर्ष ५७ देशका पर्यटक भ्रमणमा आएका छन् ।

 

पर्यटक आगमनको याम आरम्भ भएकाले कात्तिकमा पर्यटक बढ्ने घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष जुलीठकुरी पुनले बताइन् । आन्तरिक पर्यटकका निम्ति १० प्रतिशत छुटको व्यवस्था त्यहाँका होटलले गरेका छन् । पर्यटकको आगमनबाट आफूहरू उत्साहित भएको उनले बताइन् ।

 

कोरोना महामारीअघि वार्षिक ७० हजार पर्यटक आउने घोडेपानीमा २०८० मा ३१ हजार र २०७९ मा २६ हजार विदेशी पर्यटक आएका चौकीको अभिलेखमा उल्लेख छ ।

 

अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी-उल्लेरी, छोम्रोङ-घान्द्रुक-टाडापानी, नागी-महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् ।



khojnepal khojnepal    
  • ३ कार्तिक २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP