logo
  • २४ माघ २०८१, बिहीबार | Thu, 06 Feb 2025

विपक्षी दलले सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने

  • khojnepal khojnepal
  • २ कार्तिक २०८१ शुक्रबार
विपक्षी दलले सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने

काठमाडौं । विपक्षी दलले जनसरोकारका विभिन्न विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । शुक्रबार नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको थियो ।

 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले डाकेको विपक्षी दलको बैठकले जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने समझदारी भएको माओवादी नेता शक्ति बस्नेतले बताए ।

 

बाढी पहिरोको पूर्वतयारी, खोज, उद्धार, उपचार र पुनस्स्थापनाबारे सरकारले गम्भीरता र जिम्मेवारीका साथ काम नगरेको निष्कर्ष बैठकले निकालेको उनले बताए । ‘जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन । प्रतिपक्षी पार्टीको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ,’ बैठकपछि उनले भने ।

 

विपक्षी दलको बैठकमा माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा, आम आदमी पार्टीको सहभागिता रहेको थियो ।



khojnepal khojnepal    
  • २ कार्तिक २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP