logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

काभा भलिबलमा नेपाल विजयी

  • khojnepal khojnepal
  • २२ आश्विन २०८१ मंगलवार
काभा भलिबलमा नेपाल विजयी

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा नेपाल विजयी भएको छ ।

 

श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । नेपालले माल्दिभ्सलाई पहिलो सेट २५-५, दोस्रो सेट २५-१२ तथा तेस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्‍यो ।

 

जितसँगै नेपालले तीन खेलमा ६ अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

 

त्यस्तै दोस्रो खेलमा उज्वेकिस्तानसँग नेपाल ३-१ सेटमा पराजित भएको थियो । तीनै खेलमा पराजित माल्दिभ्स अङ्कविहिन छ । माल्दिभ्स यसअघि तुर्किमेनिस्तान र श्रीलङ्कासँग समान ३-० को सोझो सेटमा पराजित भएको थियो ।

 

विभिन्न ६ टोली सहभागी उक्त प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । अब नेपालले यही असोज २४ गते किर्गिस्तानसँग खेल्नेछ ।



khojnepal khojnepal    
  • २२ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP