logo
  • ९ माघ २०८१, बुधबार | Wed, 22 Jan 2025

लुम्बिनी लायन्सको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

  • khojnepal khojnepal
  • १९ आश्विन २०८१ शनिबार
लुम्बिनी लायन्सको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

काठमाडौं । लुम्बिनी लायन्स क्लबले शक्ति गौचनलाई कन्सल्ट्यान्ट कोचको रूपमा नियुक्त गरेको छ । शनिबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको जानकारी गराएको हो ।

 

जिम्मेवारी पाएसँगै कार्यक्रममा गौचनले भने, “लुम्बिनी लायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको रूपमा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु । यो क्लबले धेरै सम्भावना बोकेको छ । खेलाडीसँग मिलेर राम्रोसँग प्रशिक्षण गरेर हाम्रो उद्देश्यको निम्ति काम गर्ने चाहना छ । लुम्बिनी लायन्सले नेपाली क्रिकेटको गौरव र लगावलाई प्रतिनिधित्व गर्दछ । र यस यात्राको एक हिस्सा हुन पाउँदा म निकै खुशी छु ।”

 

त्यसै गरी क्लबका चेयरम्यान इश्वर जिसिले गौचनलाई कन्सल्ट्यान्ट कोचको रूपमा नियुक्त गर्न पाउँदा उत्साहित बनेको बताए । उनले भने, ‘वहाँ धेरै युवा खेलाडीको लागि प्रेरणाको श्रोत हुनुहुन्छ । फिल्ड भित्र र बाहिर वहाँले जुन हिसाबले क्रिकेटलाई बुझ्नुभएको छ । त्यो ज्ञानले पक्कै पनि हाम्रो टिमलाई नयाँ उचाइमा पुर्याउनेछ ।”

 

कार्यक्रममा क्यानका सचिव पारस खड्काले गौचनको अनुभव र लगनशीलताले धेरै युवा खेलाडीलाई प्रोत्साहन र हौसला मिल्ने बताए ।



khojnepal khojnepal    
  • १९ आश्विन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP